

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आजदेखि प्रारम्भिक सुनुवाइ हुँदै




काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आजदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ । उनीहरूको रिट न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् । यता, नवनियुक्त शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएको र उनी पदको हकदार नभएको रिट निवेदनमा उल्लेख गरेका छन् ।