


८ महिनामा १० अर्बको पोलिसी सरेन्डर, कुन कम्पनीबाट कति ?



काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म जीवन बीमा कम्पनीबाट करिब १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर (समर्पण) भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीबाट ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बीमा पोलिसी सरेन्र भएको हो ।
यस अवधिमा विभिन्न कम्पनीबा बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । जसमा एलआइसी नेपालका बिमितले सर्वाधिक १७ हजार ८८९ र सबभन्दा कम सन नेपाल लाइफका बिमितले ५२६ वटा पोलिसी सरेन्डर गरेका प्राधिकरणले जनाएको छ ।