

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयरको बिक्री खुलाइयो




काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थापक सेयरको बिक्री खुलाएको छ। कम्पनीले उक्त संस्थापक सेयर सर्वसाधारणहरुका लागि खुला गरेको हो ।
यता, कम्पनीले जुली चाचानको नाममा कायम रहेको १ लाख ४९ हजार ११६ सेयर सहित महेन्द्र कुमार गोयलको नाममा रहेको ८२ हजार ५९२ तथा ज्योतिकुमारी सरावगीको नाममा रहेको २४ हजार ६०२ कित्ता सेयरको ब्रिकी खुलाएको हो । कम्पनीले बिक्री खुलाएको सबै सेयर करिब २ लाख ५६ हजार ३१० कित्ता रहेको छ भने त्यसमा आकर्षण कस्तो देखिने हो ? भन्ने केही दिनमै पत्ता लाग्ने छ ।
बीमा क्षेत्रमा लघु बीमा कम्पनीहरुको साधारण सेयर किन्न हानाथप हुनेदेखि ठूला बीमा कम्पनीहरुको संस्थापक सेयर ब्रिकीको लहर नै चल्ने गरेको छ ।
युनाईटेड अजोडको शेयरको मूल्य १८०, १६३.९० तथा १६३.५० रुपियाँ तोकिएको बेलामा इच्छुक सर्वसाधारणले किनन मिल्ने गरि सेयर आवदेन खुलाइएको छ । लगानीकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा आवेदन बुझाउँन सक्नेछन् ।