


प्रथम बीमाशुल्क संकलनमा सन नेपाल लाइफले मार्यो छलाङ्ग, कुलको २१ अर्ब १२ करोड रुपैयाँ संकलित



काठमाडौं । प्रथम बीमाशुल्क संकलनको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ्ग मारेको छ । संचालित सम्पूर्ण १४ वटै जीवन बीमकहरुको फागुन महिनासम्मको आँकडा हेर्दा त्यस्तो अवस्था देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षदेखि फागुन महिनासम्ममा कम्पनीले ६४ प्रतिशतले आफ्नो व्यवसाय बढाउन सफल भएको छ ।
यता, समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ३६ प्रतिशत, नेशलन लाइफ इन्स्योरेन्सले २३ प्रतिशत, एलआईसी लाइफले २६ प्रतिशतले व्यवसाय बढाएको छ ।
सोही बेलामा हिमालयन लाइफले १२ प्रतिशत, प्रभु महालक्ष्मीले ५० प्रतिशत, आइएमई लाइफले २० प्रतिशत, मेट लाइफले साढे २ प्रतिशत, रिलायबल नेपाल लाइफले १५ प्रतिशत, सानिमा रिलायन्स लाइफले १९ प्रतिशत, एशियन लाइफले २६ प्रतिशत, सिटिजन लाइफले १६ प्रतिशत, सूर्यज्योती लाइफ इन्स्योरेन्सले ३० प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।
यसरी करिब २६ प्रतिशतले जीवन बीमकले आफ्नो व्यवसाय बढाएका छन् । सो आँकडा चालु आर्थिक वर्षको फागुन महिनासम्म जीवन बीमकले गरेको नयाँ व्यवसायमा आधारित रहेको एक जीवन बीमकले बताएका छन् ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म (सम्पूर्ण जीवन बीमक कुल ) बाट २१ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने गत आर्थिक वर्षको समिक्षा अवधिमा त्यस्तो शुल्क १६ अर्ब ६६ करोड रुपैयाँ मात्रै रहेको थियो ।