

कलैयाका विद्यार्थी तथा शिक्षकहरुसँग बीमा विषेश छलफल सम्पन्न




काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा श्री राजा राम बहुमुखि क्याम्पस, कलैयामा बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बीमा प्राधिकरणकी मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले सभपतित्व गरेकी थिइन ।
कार्यक्रममा राजाराम बहुमुखि क्याम्पस, कलैयाका क्याम्पसका प्रमुख निवेश तिमिल्सिनाको उपस्थिती रहेको थियो भने करिब ९० जनाले सहभागिता जनाए। प्राधिकरणका सहायक प्रथम सागर आचार्यले सो कार्यक्रम संचालन गरेका थिए भने विद्यार्थीहरुले सबै खाले बस तथा हवाईजहाजहरुको बीमा गर्न मिल्छ कि मिल्दैन ? बीमा कसरी गरिन्छ ? भन्दै व्यक्तिगत तथा संस्थागत बीमाको विषयमा पनि चासो राखेका थिए । जीवन बीमा अभिकर्ता कसरी बन्नेदेखि विद्यार्थीहरुले बीमामार्फत आम्दानीको स्रोतको बारेमा समेत जिज्ञासा राखे। उनीहरुले बीमा दाबीको बेलामा बीमकले धेरै समय लगाउने कारणहरु के-के हुन ? भन्ने पनि सोधेका थिए।
त्यस्तै, राजा राम बहुमुखि क्याम्पस, कलैया क्याम्पसका प्रमुख तिमिल्सिनाले समुपस्थितीमा बीमा साक्षरतालाई अतिरिक्त क्रियाकपालको माध्यमबाट बीमालाई समावेश गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाए।
त्यस्तै, विद्यार्थी तथा शिक्षकसँग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको प्रस्तुतीकरण बीमा प्राधिकरणको सहायक निर्देशक रोशन कुमार महासेठले नेपाल वित्तीय प्रणाली बारेमा जानकारी दिँदै नेपाली बीमा बजारको बारेमा राष्ट्रिय बीमा नीति, २०८०, बीमा सम्बन्धी जनचेतना, बीमाका दायरदेखि बीमित हित संरक्षण तथा गुनासो सुनुवाई सम्बन्धी जानकारी दिएन । उनले जोखिम, विपद तथा खतरा, वित्तीय साक्षरता अभिवृद्धि लगायतका विषयमा स्पष्ट पारे ।
कार्यक्रममा बीमा विषयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको तथा सो प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई प्राधिकरणबाट प्रोत्साहनको रुपमा उपाहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रमको समापनमा प्राधिकरणकी मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख प्रीति देवले सोही अध्ययनरत विद्यार्थीहरुसँग नेपाल बीमा प्राधिकरणद्बारा आयोजित निबन्ध प्रतियोगिताको सूचना दिँदै बीमा बारे थप जानकार हुन सुझाव समेत व्यक्त गरेकी थिइन ।