
प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई बालेनको चुनौती- गलत भए जेल हाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई आफू गतल भएमा जेल हाल्न चुनौती दिएका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो चुनौती सरकारलाई दिएका हुन् ।
‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले लेखेका छन् ।
अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।
गुरागाईंमाथि छानबिन गर्न गत पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णयअनुसार कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
तर पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि गुरागाईंमाथिको छानबिन समिति पनि औचित्यबिहीन बनेको थियो । त्यसपछि पुनः बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।
यस्तो छ बालेनले सार्वजनिक गरेको प्रतिवेदन-


