


८ महिनामा जीवन बीमकको व्यवसाय १ खर्ब माथि



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरुको चालु आर्थिक वर्षको फागुन महिनासम्ममा आर्जन गरेको व्यावसायीक विवरण सार्वजनिक गरेको छ । सोही विरण अनुसार जीवन बीमकहरु १ खर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्
समिक्षा अवधिमा जीवन बीमकहरुले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको अवस्था छ।
विगतका महिनामा जस्तै नेपाल लाइफले सबैभन्दा धेरै २९ अर्ब ३९ करोड कुल बीमाशुल्क आर्जन गरेको देखिन्छ। यता, नेशनल लाइफले १३ अर्ब ६२ करोड कुल बीमाशुल्क संकलन गरेको बेलामा भारत सरकारको लगानी रहेको एलआइसी नेपालले समेत १२ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।
प्राधिकरणका अनुसार हिमालयन लाइफले ११ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो।
सन नेपाल लाइफले २७ अर्ब २९ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड, आईएमई लाइफले ३ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यता, मेट लाइफले ३ अर्ब ८८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क फागुन महिनासम्ममा आर्जन गरेको छ ।
साथै, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४९ करोड, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६९ करोड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क चालु आर्थिक वर्षको सुरुवातदेखि फागुन महिनासम्ममा संकलन गर्न सफल भएको तथ्यांक सोमबार नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।