


विदेशी पुनर्बीमा एजेन्ट नेपाल आउँदा सकारात्मक प्रभाव धेरै छन् : नेपाल रीका डिसीईओ भण्डारी



काठमाडौ । हिजो साँझ नेपाल बीमा प्राधिकरणले एउटा सूचना जारी गर्यो । त्यस्तो सूचना नेपालमा विदेशी पुनर्बीमा दलालहरुको कार्यालय स्थापना गर्ने निर्देशन दिने भन्नेमा केन्द्रित छ । त्यस्तो सूचना के हो ? र त्यसको प्रभाव कस्तो रहने ? भन्ने बारेमा अहिले बीमा क्षेत्रमा उत्सुकताको विषय बन्न पुगेको छ ।
ठीक यही बेलामा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री इन्स्योरेन्स) कम्पनीका उप-प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दामोदर भण्डारीले विदेशी पुनर्बीमा कम्पनीहरु नेपालमा ल्याउँन सके त्यसको सकारात्मक प्रभाव धेरै हुने बताएका हुन् ।
नेपाल री इन्स्योरेन्सका डीसीईओ भण्डारीले बीमा दर्पण डटकमसँग भने,‘यो व्यवस्था लागू गर्नु भनेको त आफैमा राम्रो कुरा हो । पहिलो कुरा भनेको त विदेशी पुनर्बीमाका एजेन्टहरु हाम्रोमा लोकल्लिनै उपलब्ध हुने अवस्था सिर्जना हुन्छ । त्यसमा दोस्रो कुरा भनेको राज्यले पाउँने करमा पनि कर्पोरेट करका आम्दानीहरु बढ्ने नै अवस्था रहन्छ, त्यो पाटोबाट पनि राम्रै भयो । विदेशीहरुले नेपालमा रि इन्स्योरेन्सको व्यावसायमा संलग्भन हुँदा इप्लोएमेन्ट जनेरेट रोजगारी सिर्जना पनि बढ्ने सम्भावना हुन्छ ।’
उनले विदेशी पुनर्बीमाका कतिपय दलालहरुलाई नेपालमा नै पाइने अवस्था रहदा देश विदेशमा धाएर खोज्नु पर्ने, विभिन्न व्यावसायीक प्रकृयागत झन्झटहरु व्यहोर्नु भन्दा आफ्नै देशमा पुनर्बीमाका एजेन्टहरुले सेवा दिनु आफैमा राम्रो हो, भने ।
यता, विदेशी पुनर्बीमा एजेन्टहरु नेपालमा आउँन कतिको इच्छुक छन्, बाटो खुला गर्दैमा उनीहरु लाइन लागेर आउँने अवस्था हो की ? वा नेपालमा कतिपय कम्पनीहरुलाई विदेशी कम्पनीबाट विश्वास जित्न हम्मे हम्मे परेको अवस्थामा कनिकुथी केही ब्रोकरहरु नेपालमा नै राख्न पाए ठूलो सास्ती खेप्नु पर्दैनथ्यो कि ? भन्ने हेतुले नेपाल भित्र्याउँन लागिएको हो भन्नेसम्मका प्रश्न चिन्हहरु एकसाथ खडा भएका छन् ।