
८ महिनाको आयात साढे ११ खर्ब ४५ अर्ब, व्यापार घाटा ९ खर्ब ८७ अर्ब



काठमाडौं । बिहीबार, भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिएको छ।
उक्त विभागका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ११।२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको ८ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात जनाइएको हो ।
अघिल्लो ८ महिनाको तुलनामा निर्यातसमेत बढेको छ । फागुनसम्मको तथ्यांकअनुसार १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५७।२० प्रतिशत बढेको छ ।
आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटासमेत बढेको छ । विभागका अनुसार ८ महिनाको अवधिमा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ ।
साथै, गत आर्थिक वर्षको तुलनामा ६।२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको ८ महिनामा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा रहेको तथ्यांकमा देखिन्छ।

