

सलिको इन्स्योरेन्स र नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले गरे बीमा समझदारी




काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले बीमा सम्बन्धि एक समझदारी गरेका छन् ।
सलिको इन्स्योरेन्सको कार्यालयमा सम्पन्न सो समझदारीमा सलिको इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री तथा नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरियाले समझदारी सम्पन्न गरेका हुन् ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मण बन्जारा, सचीव कमल गौतम सहित कोषाध्यक्ष ज्योति मान बनिया सहभागी भएका थिए ।