

यूनाइटेड अजोड इन्स्योरेन्समा नयाँ महाप्रबन्धकहरु नियुक्त




काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा संजय अर्याल तथा काशीनाथ बुर्लाकोटी महाप्रबन्धकमा नियूक्त भएका छन् । दुवै जनालाई एकै साथ नियुक्ती दिइएको कम्पनी स्रोतले जनाएको हो ।
सोही बेलामा धिरज ढुंगाना मुख्य प्रबन्धकको रुपमा यूनाईटेड इन्स्योरेन्स प्रवेश गरेका हुन् । ढुंगानाले नेपालको बैंकिङ क्षेत्रको लामो अनुभव हाँसिल गरेका छन् ।
अर्यालले नेपाल इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेको जनाइएको छ । उनले नेपाल इन्स्योरेन्सको उच्च व्यवस्थापन समूहमा २६ वर्षको कार्य अनुभव हाँसिल गरेका छन् ।
यता, बुर्लाकोटीले भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा उच्च व्यवस्थापन पदमा रही बीमा बजार प्रवद्र्धनमा करिब ८ वर्षको अनुवभ हाँसिल गरेका छन् । उनी चार्टड एकाउन्टेन्ट (सी.ए.) समेत हुन् ।
तत्कालिन एभरेष्ट इन्स्योरेन्समा विषयम परिस्थितीमा रहदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को चुनौतीपूर्ण भूमिका निवार्ह गरी उक्त कम्पनीलाई एउटा सुदृढ र सबल बनाउँन सफल कमल गौतम हाल यूनाईटेड अजोड इन्स्योरेन्सको सीईओ छन् ।
सीईओ गौतमको नेत्तृत्वमा निर्मीत अब्बल व्यवस्थापन समूहको मेहनत र लगनशीलताबाट आगामी दिनमा यूनाईटेड अजोड इन्स्योरेन्सले नेपाली निर्जीवन बीमा क्षेत्रमा काँचुली फेर्ने स्रोतको दाबी छ ।
धिरज ढुंगाना मुख्य प्रबन्धक