


थपियो नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आबेदन दिने समय



काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद सेयरमा दिने आवेदनको अवधि थपिएको छ। उक्त अवधि थपिएको जानकारी दिँदै कम्पनीले २ अर्व १ करोड २३ लाख ६० हजार ६३९ को २५ प्रतिशतले हुन आउने हकप्रद सेयरमा फागुन ८ गतेदेखि खुलाएको आवेदनको अवधि लम्ब्याएको हो ।
हाल, प्रतिकित्ता १०० का दरले २०८१ फागुन ८ देखी २८ सम्म हकप्रद सेयर जारी गरेको अवस्थामा हकप्रदमा आबेदन दिने अन्तिम दिन सम्ममा पर्याप्त आबेदन नपरेपछि कम्पनीले हकप्रदको आबेदन दिने समेत चैत १४ गतेसम्मका लागि लम्बाईएको अवस्था छ।