

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न




काठमाडौं । मंगलबार, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न गरेको छ । उक्त कम्पनीले घोषणा गरेको लाभांश सहितका प्रस्ताव पारित गर्दै ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको जनाइएको हो ।
यता, सोही सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको बेलामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको एजेण्डा समेत पास गरिएको छ ।