

मर्जरपछि राम्रो छवि स्थापना गरेको हिमालयनएभरेष्टले डाक्यो एजिएम : लगानीकर्तालाई झण्डै डबल डिजिटको लाभांश




काठमाडौं । भोलि,मंगलबारको दिन पारेर हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो साधारण सभा डाकेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने एजेण्डा सहित आफ्नो एजिएम गर्ने भएको हो ।
गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्दै सोही सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतमा समेत एजेण्डा प्रस्तुत गर्नेछ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा उनको पारिश्रमिक समेत तोकिने तालिका रहेको छ।
साथै, साधारण सभा प्रयोजनर्थ फागुन १५ गते बुक क्लोज गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन १४ गतेसम्म सेयर खरिद गरिसकेका लगानीकर्ताहरुले कम्पनीबाट प्रस्तावित लाभांश पाउँने र एजिएममा सहभागी हुन पाउने जनाइएको छ ।
सो सभा राजधानिस्थित बानेश्वर अनमोल ब्यांकेट शंखमुलमा बिहान ११ बजे प्रारम्भ हुने जनाइएको छ।