

अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आउन प्रभु इन्स्योरेन्सको अनुरोध




काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अपुग कागजात पेश गरेर दाबी भुक्तानी लिनका लागि आग्रह गरेको छ । कम्पनीले आफ्ना बीमितलाई चालु आर्थिक वर्षको माघ मसान्तसम्म परेको दाबी निवेदनहरूमा अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन अनुरोध गरेको हो ।
विभिन्न सयममा परेको दाबी निवेदनहरू (कोभिड बाहेक)मा केही कागजात अपुग रहेको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीले बीमित आफूलाई पाएक पर्ने कम्पनीको कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी आगामी ३५ दिन भित्र भुक्तानी प्रक्रिया अघि बढाउन भनेको छ । समय व्यतित भएमा दाबीको फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।