

दि ओरियण्टल इन्स्योरेन्सद्धारा सेल्फ हेल्प ग्रुप फर सेब्रल पल्सी परोपकारी संस्थालाई सहयोग




काठमाडौं । दि ओरिउण्टल इन्स्योरेन्स कम्पनीद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत नगद १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीवनयापन गर्न असमर्थ गरेका बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष व्यवस्था गरी पिडित उद्धार गरि रहेको सेल्फ हेल्प ग्रुप फर सेब्रल पल्सी परोककारी संस्थालाई सहयोग गरेको हो ।
उक्त सहयोगको चेक दि ओरियण्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टोटोन चक्रवतीले गरेका हुन् ।
सोही क्रममका कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सिरीशा मारुजोला तथा वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो । सो सहयोगले बालबच्चाहरुलाई ठूलो राहात मिल्ने भएसँगै कम्पनीले समेत खुशी व्यक्त गरेको ओरियन्टल इन्स्योरेन्सका म्यानेजर सूर्य मानन्धरले जानकारी दिए ।