

थपियो नेप्सेमा सीईओको लागि आवेदन दिने अवधि




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को आवेदन दिने म्याद थपिएको छ।
सो पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको जनाइएको हो।
तर, सोही अवधिमा ३ दिन सार्वजनिक बिदा परेको कारण इच्छुक उम्मेदवारहरूलाई पर्याप्त समय दिन आवेदन दिने अन्तिम मिति २५ फागुनसम्म बढाइएको अवस्था छ।