

सेयर बजारमा पहिलो १ घण्टामै ३ अर्ब माथिको कारोबार हुँदा परिसूचकमा २५ अंकको वृद्धि




काठमाडौं । आज सेयर कारोबारको पहिलो ६० मिनेटमा नै मोटो रकमको कारोबार भएको छ । एकाएक एक घण्टामै ३ अर्बमाथिको कारोबार भएको हो।
सेयर बजारमा ३ अर्ब २४ करोड ९४ लाख ५९ हजार २११ रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक पनि २५ अंकभन्दा धेरैले बढ्न पुग्यो। नेप्से २५ दशमलव ७५ अंकले बढेर २७९१ दशमलव ६४ विन्दुमा पुगेको बेलामा सेयर बजारमा ७५ लाख ८३ हजार ३३३ कित्ता सेयर खरिद बिक्री भए ।
साथै, १५९ कम्पनीको सेयर मूल्य बढ्दा, ७९ कम्पनीको घट्यो भने ६ वटाको सेयर मूल्य स्थिर नेप्से परिसूचकमा देखिन्छ । नेप्से परिसूचकमा देखिने यस्ता अकस्मातका उत्तर चढाबले कैयौं लगानीकहरुलाई एकसाथ उत्साहितदेखि निराशसम्म पार्ने गर्दै आएको छ ।