

अनलाइनहरुको महासागरमा भिन्न परिचय बनाउन सक्नुहुनेछ : बीमा विज्ञ डा.घिमिरे




काठमाडौं । बीमा विज्ञ एवम् नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष समेत रहेका डा. रबिन्द्र घिमिरेले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । बीमा दर्पण डटकमसँगको कुराकानीमा उनले अनलाइन पत्रिकाहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा रहे पनि विकृतीका विरुद्ध आवाज उठाउने पत्रिकाहरुको खाँचो अझै कायमै रहेको औँल्याएका हुन् । उनले निडर, निर्भीक भई कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ्य समाचार प्रकाशन गर्न समेत शुभकामना दिएका छन् ।
बीमा विज्ञ डा. घिमिरेले बीमा दर्पण डटकमसँग भने,‘सर्वप्रथम बीमा दर्पण डटकम भन्ने नयाँ न्युज पोर्टल धेरै वटा न्युज पोर्टलहरुको महासागरमा थपिएको सुन्दा, मलाई खुशी लागेको छ । र, खुशी यस अर्थमा लागेको छ कि यो न्युज पोर्टलले बीमा, वित्तीय क्षेत्रमा रहेका विकृती विसंगतीहरुलाई पनि सफा गर्न सहयोग गर्नेछ । त्यस्तै, बीमा क्षेत्रमा जानकारी राख्न चाहने, चासो राख्न चाहने मानिसहरुलाई एकदमै भरपर्दो सूचना प्रदान गर्नेछ । सामान्य रुपमा बीमा भनेको के हो ? भन्ने जनचेतना फैलाउनेदेखी बीमाको जटिल विषयमा बहस चलाउन आवश्यक छ । विचार र चिन्तन सहितका खोजमुलक लेखहरु पनि छाप्नेछ । समाचारहरु ताजा खबरहरु, सत्यतथ्य खबरहरु निडर र निर्भीक भएर सकैको दबाबमा नपरिकन बाहिर ल्याउँन सक्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले धेरै न्युज पोर्टलहरु बजारमा प्रिन्ट र अनलाइन दुवै रुपमा आइसकेकाले पाठकहरुलाई कुन समाचार पढ्ने–नपढ्ने भन्ने अलमलको अवस्था सिर्जना हुने गरेकाले त्यस्तो अवस्थाको अन्त्य गर्न बीमा दर्पणले आफूलाई एउटा सबैभन्दा सशक्त रुपमा प्रस्तुत गर्नु पर्ने चुनौती रहेको बताए । त्यस्तै, कान्छो न्युज पोर्टलको रुपमा उदायकाले पनि जन्म भर्खर भए पनि आफ्नो पुरानो अनुभवको आधारमा छुट्टै पहिचान दिन सक्नु हुनेछ भन्ने भरोसा बीमा विज्ञ डा.घिमिरेले व्यक्त गरेका छन् ।