
बीमितको हितलाई केन्द्रमा राखेर काम गर्नु होला : एलआईसी नेपालका सीईओ प्रणय कुमार



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । उनले बीमा क्षेत्रमा नयाँ र सिर्जनात्मक विषयहरु ल्याएर पत्रिकाको माध्यमबाट समेत जनचेतना अभिवृद्धिमा धेरै काम गर्न सकिने बताएका हुन् ।
उनै एलआईसी नेपालका सीईओ प्रणय कुमारले बीमा दर्पण डटकमसँग भने,‘एलआईसी नेपालकोतर्फबाट म बीमा दर्पण डटकम तथा यसका (पोर्टल चिफ÷पोर्टल म्यानेजर) संचालक नबिन पोखरेलजीलाई धेरै–धेरै शुभकामना दिन चाहान्छु । तपाईले आफ्नो नयाँ (भेन्चर) उद्यमको रुपमा बीमा दर्पण ल्याउनु भएको छ । यहाँको जीवनमा धेरै सफलता मिलोस् भन्ने हाम्रो कामना छ । पोर्टल म्यानेजर, पोर्टल चिफको रुपमा तपाईलाई पाउँदा हामी निकै खुशी छौं ।’
उनले बीमा क्षेत्रमा सधै बीमित तथा ग्राहकहरुको हितलाई (टप मोस्ट प्रायोरिटी) मुख्य प्राथमिकता दिएर काम गर्नु पर्ने दिएका छन् । जहिले पनि बीमित र नागरिकले बीमाबाट के पाए ? भन्ने कुरा निकै महत्वपूर्ण हुने र सो कुरालाई पत्रिकाले समेत निकै ख्याल गर्नु पर्ने उनको भनाई छ ।
उनले थपे,‘पोलिसी होल्डर (बीमितहरु) ले कति योगदान गर्नु भएको छ र सोही अनुसारको प्रतिफल पाउनु भयो कि भएन ? भन्ने कुराहरु हुन्छन् । यस्ता कुरामा मिडीयाले एकतर्फबाट मात्र नभई चौतर्फी रुपमा बीमा कम्पनी र बीमितहरुलाई जोड्न सक्छन् । सबैभन्दा पहिलो कुरा भनेकै बीमा जनचेतनाका कुराहरु आउने गर्छन् । त्यसपछि पोलिसी होल्डर, बीमितका अधिकार के कति छन् ? भन्ने कुराहरु आउने गर्छन् । त्यसको साथै मिडीयाले बीमाको पहुँच बढाउन समेत मद्धत पुग्ने गरी बीमाका पद्धतीका बारेमा जानकारी दिन सक्छन् ।’
शुभकामना दिने क्रममा उनले बीमा बजार र अर्थ बजारलाई व्यवस्थित बनाउँन कदम चाल्दै गर्दा यही बजारबाटै समेत निकै सकारात्मक अवधारणाहरु प्राप्त हुने र त्यसलाई आत्मसाथ गर्दै जो कोही अघि बढ्ने भन्दै एलआईसी नेपालले समेत भरपर्दो स्रोतको रुपमा सहकार्य गर्न तयार रहेको बताए ।

