
बढ्दो क्रममा व्यापार घाटा : सात महिनामा आयात ९ खर्ब, निर्यात १ खर्ब



काठमाडौं ।हाल व्यापार घटा बढ्ने क्रममा देखिएको छ । एक तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ८ खर्बभन्दा बढी पुगेको हो ।
यता, भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। ठीक यही बेलामा चालु आर्थिक वर्षको ७ महिनाको अवधिममा नेपालको निर्यात १०.०९ प्रतिशतले बढेको हो । गत आवको माघ मसान्तसम्ममा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
त्यसरी नै, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले निर्यात पनि ४६।५० प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा नेपालले ८६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँको वस्तु निर्यात गरेको अवस्थामा आयात निरन्तर बढेकै कारण व्यापार घाटा अझै उच्च नै रहेको देखिन्छ । चालु आवको पहिलो सात महिनामा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ पुगेको हो ।
साथै, कुल वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएर १ खर्ब ११ खर्ब ५७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने निर्यातको योगदान वृद्धि हुँदै गएको देखिए पनि आयातको हिस्साले अझै ठूलो स्थान ओगटेको छ । आयात–निर्यात अनुपातमा सुधार आएको अवस्था छ।
त्यस्तै,अघिल्लो वर्षको पहिलो ७ महिनामा आयात–निर्यात अनुपात १०.३४ रहेको तथ्यांकमा देखिएको बेला यसपालि भने सो अनुपात घटेर ७.७७ मा कायम भएको छ । यसरी हेर्दा आयातको तुलनामा निर्यातमा झिनो सुधार भएको देखिन्छ ।

