
फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै



काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १ सय ५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने आयोजक पक्षले जानकारी दिएका हुन् ।
सोही क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको बताइएको छ । आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा निमार्ण सामाग्री, केमिकल, निर्माण मेसिनरी, प्रि फ्याव स्टक्टर्स, यूपिभिसीका झ्यालहरु, यूपिभीसी प्रोफाइल लगायत कलात्मक हार्डवेयर सामाग्रिहरु राखिने छन् । सोही मेलामा पावर टुल्स, कन्क्रीट ब्लक मेसिनरी लगायत विभिन्न फिटीङ उपकरण तथा पाइपहरुको उल्लेखनीय सहभागिता रहने छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुने जनाइएको छ । यो प्रदर्शनीमा निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने हामीले विश्वास लिएका छौं भन्दै आयोजकले यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने जानकारी दिएका छन् ।
साथै, यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहनेछ । साथै नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, ब्याबसायिक भवन बनाउने व्यतिm तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ । साथै यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स¬) रहेको छ । सहयोगी संस्थाहरु फेडेरेसन अफ कन्ट्रयाक्टस् एशोसियसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टीङ आर्टीटेक्चरल एण्ड इन्जिनियरीङ फर्म, सोसाइटी अफ आर्टीटेक्टस्, इन्टेरियर डिजाइनर एशोसियन अफ नेपाल रहेको यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ भने प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

